Draft:मनकामना माता र मेघासीराज शाह संगको संबन्ध: Difference between revisions

From Wikipedia, the free encyclopedia

Content deleted Content added


 

Line 1: Line 1:

{{Draft topics|computing}}

{{AfC topic|other}}

{{AfC submission|||ts=20260115010859|u=724shahd|ns=118}}

{{AfC submission|t||ts=20260115010843|u=724shahd|ns=118|demo=}}{{AFC comment|1=In accordance with the Wikimedia Foundation’s [[wmf:Terms of Use/en#paid-contrib-disclosure|Terms of Use]], I disclose that I have been paid by my employer for my contributions to this article. <!–Comment automatically added by the Article Wizard–> [[User:724shahd|724shahd]] ([[User talk:724shahd|talk]]) 01:08, 15 January 2026 (UTC)}}

{{AfC submission|t||ts=20260115010843|u=724shahd|ns=118|demo=}}{{AFC comment|1=In accordance with the Wikimedia Foundation’s [[wmf:Terms of Use/en#paid-contrib-disclosure|Terms of Use]], I disclose that I have been paid by my employer for my contributions to this article. <!–Comment automatically added by the Article Wizard–> [[User:724shahd|724shahd]] ([[User talk:724shahd|talk]]) 01:08, 15 January 2026 (UTC)}}


Revision as of 01:08, 15 January 2026

  • Comment: In accordance with the Wikimedia Foundation’s Terms of Use, I disclose that I have been paid by my employer for my contributions to this article. 724shahd (talk) 01:08, 15 January 2026 (UTC)

मनकामना देविसंग संवन्धित ऐतिहांसिक तथ्यहरू :

मनकामना देवी र अर्घाका राजा मेघासी राज शाहसंगको संबन्ध: १२औ सताब्दीको अन्ततीर हाल भारतको उत्तराखण्ड राज्यको कुमाऊबाट राज्य बिस्तारको क्रममा  गडवालमा आएका  सुर्यबंसी राजा विनय पालका बंसज एवं  भुजंगदेबका सन्तति, कश्यप गोत्रिय  शिबराज शाह, आफ्नोराज्यकालमा गडवाल राज्य बिस्तारको क्रममा बि.सं १४९० सालमा अर्घासम्म आई  तत्कालिन राजा “जिल्ल हराई” लाई कब्जा गरी तहि राज्य गरिबस्न थालेका थिए । अर्घा राज्य  अनेकौ देब देबिको पबित्र भुमि, कृषिको लागि उपयुक्त क्षेत्र, हिमाल-तराई को मध्ये भाग र बुद्ध जन्मभुमि लुम्बिनिको नजिकको भुमि एबं सामरिक दृष्टिले पनि महत्वपुर्ण थियो । त्यसैताका उत्तरमा सिन्जा प्रान्त तथा दक्षिण-पश्चिममा  चितौर एबं गरवाल, पुर्वमा नेपाल एबं कास्कि राज्य सक्रिय थिए ।  तत्कालिन अर्घा राज्य गडवालबाट आएका सेनाबाट स्तापित राज्य भएकोले सामरिक र युद्ध कलाको दृष्टिले सबभन्दा मजबुत थियो । सो को प्रभाब र घमण्ड अर्घा दरबार र परिबारमा पनि थियो ।  शिबराज शाहको देहबसान पछि उनका  छोरा मेघासीराज शाह अर्घाका राजा भए । उनका ३ भाई छोरा भएकोले बुबाको मृत्यु पछि अर्घामा कस्ले राज्य गर्ने भन्ने संबन्धमा बिबाद भएकोले  आफु धार्मिक मानिस समेत भएकोले मेघासी राजले  आफु ज्युंदो हुंदै राज्य त्यागि जेठा छोरा जयन्तराज शाहलाई अर्घा राज्यको राजा बनाई बि सं १४९२ मा  माहिलो छोरा खड्गराज शाहलाई धुर्कोट र कान्छा छोरा विरेन्द्रराज शाहलाई खांची राज्यको जिम्मेवारी दिई आफु चुत्रबेसीमा गई तपस्या गरी समाधिस्त भएका थिए । त्यसैले यो अर्घा, खांची र धुर्कोटलाई विकिपेडिया बिश्वशब्दकोषले “ Three Meghasi Kingdom” भनि उल्लेख गरेको छ । उनै मेघासी राजका सातौ सन्तान ध्वजनसिंह शाह बिसं १६६० तिर अर्घाका  राजा भएका थिए  ।

ध्वजन सिंह शाहका  छोरी, राजकुमारी लिलावती देवत्व गुण भएकी थिइन् । उनि  अभिध्येय लिई ब्रह्रमाचारीणि बनेर आजिबन बिबाह नगर्ने भनि देब-देबिको पुजा आराधनामा रहने गर्थिन । तर पछि बुबाले गोर्खाका तत्कालिन राजा राम शाहसंग बिबाह गराई  गोर्खा पठाउने निर्णय गरे । आफ्नो बिबाह नगरि बस्ने इच्छाबिपरित जबरजस्ति बिबाह गराउने निर्णयमा उनी असहमत थिइन् तर राजाको निर्णयको अगाडी कसैकोकेही नलाग्ने भए पछि उनको बिबाह जबर्जस्ति गोर्खाका राजा राम शाहसंग भयो र अर्घाबाट मानिसहरु डोला छाड्न गोर्खा गएका थिए ।  उनको डोला छाड्न गएका डोलेहरु गोर्खा दरबार पु-याई  फर्कने बेलामा बिदा माग्न जांदा लिलावति रानिले “आंखा चिम्लि पछिल्तिर फर्कि  “ के बिदा माग्छौ तिमिहरु ?, मलाई नै बिदा गरि पठायौं, यो कुरा मलाई मन परेको छैन, अबदेखि मलाई कुनै माइतिले  भेट्न  नआउनु , आएमा कुभलो होला “ भन्ने आदेश दिई  डोलेहरुलाई घर फर्काइन  भन्ने भनाई छ ।

राजा राम शाहको मृत्यु पश्चात तत्कालिन धर्म संस्कार अनुसार सती जानु पर्ने भयो ।  गोर्खादरबारका मुल पुजारी  एबं उनका भक्त सिद्ध लखन थापालाई उनको दैवि सक्ति र चरित्र बारे  सबै थाहा थियो ।  सति जाने बेलामा सिद्ध लखन थापाले हजुर भगबान हुनु हुन्छ , सति नजानुस्, जान पर्देन , हाम्रो रक्षा गरीबस्न पर्छ भनि अनुरोध गर्दा सति-चितामा बसी आफ्ना सिद्धभक्त  लखन थापालाई “तिमि पीर नगर्नु म काफेकमा अर्को रुपमा आउने छु, मेरो ब्यबस्था गर्नु “ भनि सति गइन् । त्यसको केही समय पछि काफेकमा  एक जना किसानले हलो जोत्दा बारीमा फालि अड्किई हेर्दा ढुंगामा फालि अड्किएको र एकछेउंबाट दुध जस्तो पदार्थ देखिएकोले सबै गाउले भेला जम्मा गरि देखाए । सो कुरा केही दिनमा गोर्खा दरबारसम्म पुगि सिद्ध लखन समेतले थाहा पाए ।  रानी लिलावतीबारे सबै कुराको जानाकार गोर्खा दरबारका सिद्धभक्त लखन थापामगरले रानी लिलावति साक्षात देबि भगवति थिइन् र हुन्  । यो ढुंगा उनैको रुप हो भन्ने कुरा स्थापित गरी सो स्थान गोर्खाको  काफेकमा  मनकामना देबिको नाममा मन्दिर स्थापना गरी पुजा आराधना गर्न शुरु गरे ।

References

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Exit mobile version